काठमाडौं । काठमाडौं संघीय निर्वाचन क्षेत्र ६ बाट अब्दुस मियाँले उम्मेदवारी घोषणा गरेका छन् ।
यसअघि विवेकशील साझा पार्टीमा सक्रिय उनले सो पार्टीबाट अलग भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘
एक विज्ञप्ति जारि गर्दे उनले पछिल्लो समय मूलधारका राजनीतिक दलहरूले देखाएको विशृङ्खलता र निराशाजनक कार्यसम्पादनका कारण देशले खोजिरहेको विकल्पमा अझ बढी काम गर्नुपर्ने उत्तरदायित्व बहन गर्दै यहाँहरु समक्ष आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु । प्रतिनिधि सभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका साथ म काठमाडौँ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ’, भनेका छन् ।
उनले धेरै सक्षम युवाहरुले नीतिनिर्माण तहमा पुग्ने इमान्दार प्रयास गर्नुपर्ने आवश्यकता औँल्याउँदै देशभरका १६५ निर्वाचन क्षेत्रहरुबाटै सक्षम युवाहरुलाई उम्मेदवारी दिन आह्वान समेत गरेका छन् ।
Leave a Reply