काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवा समितिको बैठकमा नआउनु अनुचित भएको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
आइतबार बसेको समिति बैठकले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्बन्धी विषयमा छलफल गरेको थियो। उक्त छलफलका लागि समितिले प्रधानमन्त्री देउवालाई पनि बोलाएको थियो। प्रधानमन्त्री देउवा भने समिति बैठकमा गएनन्।
बिहान ८ बजे देउवाको सचिवालयले प्रधानमन्त्रीको समय नभएकाले आउन नसक्ने जानकारी समितिलाई दिएको थियो।
पछिल्लो समय राजनीतिक वृत्तमा तरंग ल्याएको एसपिपीबारेको छलफलमा प्रधानमन्त्री नआएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का समिति सदस्यहरूले आलोचना गरेका थिए।
एमाले सांसद ईश्वर पोखरेलले समितिले डाकेको बैठकमा प्रधानमन्त्री नआउनु खेदजनक भएको बताएका थिए। अर्का सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले समितिलाई इग्नोर गर्न नमिल्ने उल्लेख गरेका थिए।
Leave a Reply