Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन, कस्तो छ स्वास्थ्य अवस्था ?

    साइकलबाट लडे अमेरिकी राष्ट्रपति बाइडेन, कस्तो छ स्वास्थ्य अवस्था ?

    अनलाइन नेपाल
  • आइतबार, ५ असार २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान डेलावेयर राज्यमा आफ्नो समुद्र तटको घर नजिकै साइकल चलाउँदै गर्दा लडेका छन् । तर, उनलाई कुनै चोटपटक नलागेको अमेरिकी सन्चार माध्यमले जनाएका छन् ।

    ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ । त्यसपछि उनले भने, ‘म राम्रो छु ।’



    उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको रेहोबोथ तटमा रहेको घर नजिकैको स्टेट पार्कमा साइकल चलाइरहेका थिए ।



    साइकलबाट लडेपछि दर्शकहरूसँग कुरा गर्न रोकिएका थिए । साइकलको क्लिपबाट खुट्टा तान्न खोज्दा आफूले सन्तुलन गुमाएको राष्ट्रपतिले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार