काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज बिहाज १० बजे बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणबारे संसदीय समितिमा जवाफ दिने भएका हुन् ।
बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा एसपीपीबारे सरकारको निर्णय र अमेरिका भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने एजेण्डा छ ।
देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफका लागि बोलाइएको समितिले जनाएको छ । समितिले प्रधानमन्त्री देउवाको आसन्न भ्रमणका सिलसिलामा कुनै पनि विवादास्पद एवम् असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति नगर्न यसअघि नै सरकारलाई निर्देशन दिइसकेको छ ।
यसअघि अस्ति शुक्रवार समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधान सेनापति प्रभुराम शर्मालगायतसँग एसपीपीका विषयमा उठेका प्रश्नको जवाफ मागेको थियो ।
Leave a Reply