Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • निर्वाचनको परिणामपछि झस्किएको एमालेले एसपीपीको नाममा गठबन्धन फुटाउन खोज्यो : सिंह

    निर्वाचनको परिणामपछि झस्किएको एमालेले एसपीपीको नाममा गठबन्धन फुटाउन खोज्यो : सिंह

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनको परिणामपछि झस्किएर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को वहानामा गठबन्धन फुटाउने प्रयास सुरु भएको बताएका छन्।

    कांग्रेस बनेपा नगर समितिले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले कांग्रेसका केही जित्ने साथीहरुले गठबन्धनका कारण अवसर नपाए पनि व्यवस्था जोगाउन गठबन्धनमा जानु परेको बताए ।



    स्थानीय निर्वाचनको नतिजाले कांग्रेस पहिलो पार्टी बनेको भन्दै अब फेरि आउँदै गरेको निर्वाचनमा अझै मेहनत गरेर ठूलो पार्टी बनाउन जनतामा जानुपर्नेमा उनले जोड दिए।



    अहिले एसपीपीका बिषयमा हुँदै नभएको विषय उचालेर कांग्रेसमाथि प्रहार भैरहेको उनले बतए । विपक्षी दलले आफू सत्तामा हुँदा पत्र लेखेको र अहिले एसपीपीको नाममा गठबन्धन फुटाउन सकिन्छ कि भनेर प्रयास गरेको सिंहको आरोप छ।

    कांग्रेसले राष्ट्रको अहित हुने कुनै सम्झौता नगर्ने भन्दै नेता सिंहले प्रधानमन्त्रीले पटक–पटक आफू राष्ट्रको अहित हुने कुनै पनि सम्झौता गर्दिन भनेको स्मरण गराए।

    तर यो सम्झौता भएकै छ भन्नु, नियोजित तरिकाले १०बुँदे ड्राफ्ट सार्वजनिक गर्नुले विपक्षी दल आफैं फसिसकेको उनको भनाई थियो ।

    जुन पार्टीले लोकतन्त्रका लागि यतिका योगदान गर्छ उहीँ पार्टीले मुलुक र जनताको अहित हुने काम गर्छ भनेर आरोप लगाउनु अशोभनीय हुने पनि उनले बताए ।

    कांग्रेसलेमात्रै मुलुकको हित गर्न सक्ने भन्दै नेता सिंहले पार्टीभित्रको आन्तरिक एकता बलियो भएमात्र लोकतन्त्र बलियो हुने धारणा राखे। पार्टीभित्र एकता कायम राखेर विधि पद्धतिमा कांग्रेस पार्टी संचालन गर्न सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा उनले जोड दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार