Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • जिसस सर्लाहीमा कांग्रेस–माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित

    जिसस सर्लाहीमा कांग्रेस–माओवादीका उम्मेदवार निर्विरोध निर्वाचित

    अनलाइन नेपाल
  • शनिबार, ४ असार २०७९
  • 945
    SHARES

    काठमाडौं । जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीतेन्द्र महतो निर्विरोध निर्वाचित भएका छन् ।

    उम्मेदवारको मनोनयनपत्र दर्ताको लागि छुट्याइएको समयभित्र कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिंहको तथा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार महतोको मात्रै उम्मेदवारी परेपछि दुवै जना निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए ।



    सदस्यमा कांग्रेसबाट हरिपुर नगरपालिका–५ का अलाउदिन मियाँ, हरिपूर्वा नगरपालिका–५ की रामशिलाकुमारी यादव, चक्रट्टा गाउँपालिका–४ की रेखादेवी साह, लालबन्दी नगरपालिका–१७ का रामबहादुर बोम्जन, ईश्वरपुर नगरपालिका–१५ की पासवतीदेवी थरुनी र गोडैता नगरपालिका–६ की सोनावती देवी चयन भएका छन् ।



    माओवादी केन्द्रबाट लालबन्दी नगरपालिका–१५ का हेम कार्की सदस्यमा चयन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार