Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • वर्षातको समयमा हुन सक्ने प्राकृतिक प्रकोप व्यवस्थापनको पूर्वतयारी थाल्न सरकारलाई सांसद भट्टराईको ध्यानाकर्षण

    वर्षातको समयमा हुन सक्ने प्राकृतिक प्रकोप व्यवस्थापनको पूर्वतयारी थाल्न सरकारलाई सांसद भट्टराईको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 990
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाका सांसद एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले प्राकृतिक प्रकोप व्यवस्थापनका लागि पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरी बोल्दै सांसद भट्टराईले मनसुनको समयमा बाढी, पहिरो र डुबानका घटना हुने भएकाले यसको व्यवस्थापनको निम्ति पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।



    उनले गृह मन्त्रालय अन्तर्गत विपद् व्यवस्थापन गर्ने निकायलाई क्रियाशील अवस्थामा राख्न र मौसम पूर्वानुमान गर्ने निकायहरुले पनि मौसम पूर्वानुमान गरी जोखिमपूर्ण बस्तीहरुलाई सुरक्षित स्थानमा सार्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।



    उनले गत राति ताप्लेजुङ जिल्लामा वर्षाको कारण धनजनको क्षति भएकोले सरकारसँग क्षतिपूर्तिको माग समेत गरेका थिए । उनले भने–‘गएको रातको वर्षाले ताप्लेजुङका विभिन्न ठाउँमा ठूलो मात्रामा अलैची बारीहरुको क्षति भएको छ । अन्य खेती बालीको पनि क्षति भएको छ । पशु, चौपायहरुको क्षति भएको छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु, पीडितहरुको आवश्यक राहत र उद्धारको निम्ति म ध्यानाकर्षण गराउन चाहान्छु । साथै मृत्यु भएका व्यक्तिहरुको क्षतिपूर्तिको निम्ति, उनीहरुको काजक्रियाको निम्ति आवश्यक सहयोग गर्नको निम्ति पनि भन्न चाहान्छु । शीघ्र उपचारको व्यवस्थाको निम्ति भन्न चाहान्छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार