Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • झन्डै ४ लाख अबैध भारु बोकेर दिल्ली जान लागेका पाण्डे विमानस्थलबाट पक्राउ

    झन्डै ४ लाख अबैध भारु बोकेर दिल्ली जान लागेका पाण्डे विमानस्थलबाट पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं। नेपाल एयरलाइन्सको उडानद्वारा असार २ गते काठमाडौंबाट भारतको दिल्ली जान लागेका तनहुँका रन्जन पाण्डे प्रतिबन्धित भारतीय मुद्रासहित पक्राउ परेका छन्।

    पाण्डेको ह्‍याण्ड व्यागलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा चेकजाँच गर्ने क्रममा  व्याग भित्र नेपालमा प्रतिबन्धित गरिएको भारतीय रुपैया ३  लाख ९३ हजार ६५० रुपैया फेला परेको बिमानस्थल प्रहरीले जनाएको छ।



    उनले उक्त रकम लुकाएर दिल्ली जान लागेका थिए। पाण्डेले के प्रयोजनका लागि उक्त रकम बोकेर जान लागेका थिए भन्ने बारेमा केही खुलेको छैन।



    प्रतिबन्धित भारतीय मुद्रा सहित पाण्डेलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक पठाइएको विमानस्थल प्रहरीले जनाएको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार