काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी सांसद सुजाता कोइरालाले प्रधानसेनापति प्रभुराम शर्मालाई एसपीपीबारे छलफलका लागि अन्तर्राष्ट्रिय सम्बन्ध समितिका बोलाएकोप्रति आपत्ति जनाएकी छन् ।
शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले देशको प्रधानसेनापतिलाई यसरी समितिमा बोलाएर राख्दा कारबाही गरेजस्तो भएको टिप्पणी गरिन् ।
प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीबारे छलफल गर्न शुक्रबार प्रधानसेनापति शर्मालाई बोलाएको थियो । समितिले बिहान ९ बजेदेखि प्रधानसेनापतिलगायतसँग छलफल गरिरहेको छ । समिति सदस्य कोइरालाले प्रधानसेनापतिलाई बोलाएकोबारे आपत्ति जनाइन् । ‘देशको प्रधानसेनापतिलाई यसरी समितिमा बोलाएर राख्दा कारबाही गरेजस्तो भयो । अरु मुलुकले के भन्लान् ?,’ उनको भनाइ थियो ।
समितिमा धेरै राष्ट्रवाद देखिएकाले देश विकास नहुने पनि कोइरालाको भनाइ थियो । काम गर्नुपर्ने बेला राष्ट्रवादका विषयमा घण्टौं छलफल र गफमात्र भएको भन्दै उनले समिति सभापति पवित्रा निरौला खरेलसँग असन्तुष्टि पोखिन् ।
Leave a Reply