Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • एसपीपीबारे परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग छलफल गर्दै संसदीय समिती

    एसपीपीबारे परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग छलफल गर्दै संसदीय समिती

    अनलाइन नेपाल
  • शुक्रबार, ३ असार २०७९
  • 1K
    SHARES

    काठमाडौं । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्दैछ ।

    अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे संसदीय समितिले आज परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग छलफल गर्न लागेको हो ।



    केपी शर्मा ओली सरकारको पालामा नेपाली सेनाले पत्र पठाएको विषयमा सार्वजनिक भएपछि त्यसबारे छलफल गर्न समितिले प्रधानसेनापतिलाई बोलाएको हो।



    समितिको बैठक शुक्रबार बिहान ९ बजे बस्ने जनाइएको छ। समितिले परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाएको छ।

    नेपाली सेनाले एसपीपीमा सहभागी हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि संसदीय समितिले प्रधानसेनापतिलाई छलफलमा बोलाएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार