काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई बोलाएको छ ।
सरकारले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषय सार्वजनिक भएपछि समितिले प्रधानसेनापतिलाई बोलाएको हो ।
शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापतिलाई एसपीपीबारे छलफल गर्नका लागि बोलाइएको संसदीय समितिले जनाएको छ ।
समिति सभापति पवित्रा निरौला खरेलले एसपीपीका विषयमा विभिन्न कुरा सार्वजनिक भएपछि प्रधानसेनापति शर्मालाई स्पष्ट पार्नका लागि बोलाइएको जानकारी दिइन् ।
तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले (एसपीपी) सम्झौता अघि बढाउन भन्दै सन् २०१५ मा लेखिएको शंकास्पद पत्र सार्वजनिक भएपछि तरंग ल्याएको छ ।
हिजो मात्रै सेनाले एसपीपी सम्झौताबारे प्रक्रिया शुरु नगरेको र नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकुल असर पर्नेगरी भविष्यमा पनि कसैसँग साझेदारी नगर्ने प्रतिवद्धता जनाएको थियो ।
यस्तै अमेरिकाको एसपीपीमा सहभागी हुन भन्दै पठाएको पत्रको सत्यताबारे जंगी अड्डा अहिले आकस्मिक छलफलमा जुटेको छ ।
Leave a Reply