काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागि हुनको लागि पठाएको पत्र सार्वजनिक भएको छ ।
बिहीबार तत्कालिन प्रधानसेनापनि राजेन्द्र क्षत्रीले तत्कालिन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो ।
नेपाली सेनाले बिहीबार विहान विज्ञप्ति जारी गरी यस्तो कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी गरेको थियो ।
सन् २०१५ को अक्टोवर २७ (२०७२ को कात्तिक १० ) मा नेपाली सेनाका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालस्थित अमेरिकी राजदुत एलिना बी.टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा नेपाली सेनाका लागि सहयोग गर्ने विषयहरु उल्लेख छन् ।
उनले एसपीपीमा सहभागिताको लागि आग्रह गरेको पत्राचारमा उल्लेख छ । पत्रमा दुई मुलुकमा सुरक्षा निकायहरु बीचमा सहकार्य गर्ने बारेमा उल्लेख छ । केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा उक्त पत्राचार भएको हो ।
Leave a Reply