एजेन्सी । बलिउड अभिनेता गोबिन्दा र उनका भाञ्जा कृष्णा अभिषेकबीचको मनमुटाव समाप्त भएको छ ।
गोबिन्दाले भाञ्जा कृष्णालाई माफी दिएका छन् । रिसाएका मामालाई मनाउनका लागि कृष्णाले सार्वजनिक रुपमा थुप्रैपटक माफीसमेत मागेका थिए । मनिष पलको पोडकास्टमा केही दिनअघि कृष्णाले रुँदै आफ्ना मामासँग माफी मागेका थिए ।
कृष्णापछि अब गोबिन्दाले मनिष पोलको शोमा उपस्थिति जनाएका छन् । यति नै बेला उनले आफ्ना भाञ्जालाई माफी दिएका छन् ।
मनिष पलले सोसल मिडियामा गोबिन्दाको एउटा भिडियो सेयर गरेका छन् जसमा उनले भनेका छन्, ‘कृष्णाले यहाँ आएर माफी मागेका गएका छन् । सर, यदि तपाईंले उनलाई केही भन्नु छ भने कृपया भन्नुहोस् । यो मेरो आग्रह हो ।’
Leave a Reply