Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सिद्धार्थ राजमार्गमा टिपर चलाउन रोक

    सिद्धार्थ राजमार्गमा टिपर चलाउन रोक

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.5K
    SHARES

    पाल्पा । सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गमा टिपर चलाउन रोक लगाएको छ ।

    डिभिजन कार्यालयले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।



    सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाह सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो ।



    सडकमा अत्याधिक भारवहन भएका टिपरहरु सञ्चानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयललाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको छ । बुटवल पाल्पा सडक वर्षाको समयमा पहिरोले दिनहुँजसो अवरुद्ध हुने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार