Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काेराेना संक्रमण राेकथामका लागि क्लष्टर निर्माण गरिँदै

    काेराेना संक्रमण राेकथामका लागि क्लष्टर निर्माण गरिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 5.4K
    SHARES

    तनहुँ । कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन तनहुँका चार स्थानमा क्लष्टर निर्माण गरिने भएको छ । जिल्लालाई कोरोनामुक्त जिल्ला बनाउनका लागि जिल्लाका प्रवेश नाकामा क्लष्टर निर्माण गर्न लागेको हो ।

    ऋषिङ र घिरिङ गाउँपालिका तथा भिमाद नगरपालिका १, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र व्यास नगरपालिका २, बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र आँबुखैरेनी गाउँपालिका ३ तथा देवघाट गाउँपालिका गरी चार स्थानमा क्लष्टर निर्माण गर्न लागेको हो ।



    कोरोना संक्रमित दिनप्रति दिन बढ्दै जान थालेपछि जिल्लाको पूर्वी नाका मुग्लिन पुल र पश्चिम नाका कोत्रेमा बिहीबारदेखि सुरक्षा व्यवस्था कडाइ गरिएको तथा जिल्लाको पूर्वमा चितवन र पश्चिममा कास्की नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना आवश्यकतानुसार राखिएकोे प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार