Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • प्रचण्डले भने – एसपीपीको सम्झौता ओलीकै पालामा भएको हो

    प्रचण्डले भने – एसपीपीको सम्झौता ओलीकै पालामा भएको हो

    अनलाइन नेपाल
  • बिहिबार, २ असार २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी सम्झौता एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले २०१९ सालमा गरेको बताएका छन् ।

    बिहीबार पेरिसडाँडामा आयोजित रितबहादुर खड्का स्मृतिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै सम्झौता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।



    ‘बरु, यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम २०१९ सालमा केपी ओली सरकारले गरिसकेको तथ्य इतिहासमा छ’ उनले भने ।



    ‘अहिले फेरि एकपटक कुनै न कुनै राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने विगतमा देखेको हो,’ प्रचण्डले भने, ‘हिजोआज पनि एसपीपी भन्ने हुँदै छ रे भनेर प्रचार गरिएको छ। विल्कुल झुटो हो।’

    प्रधानमन्त्रीसँग र गठबन्धनमा भएको छलफलमा कुनै सैन्य सम्झौता नभएको प्रचण्डको जिकिर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार