Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • पक्राउ परेकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री वली अस्पताल भर्ना

    पक्राउ परेकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री वली अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 1.9K
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आएकी थिइन् ।



    उनको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिए । वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको उनले बताए ।



    मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी वलीलाई प्रहरीले मंगलबार राति बुटवल पुर्याएको थियो ।

    प्रदेश सभा बैठक र बहालवाला राज्मन्त्री भएकाले बुटवल पठाइदिन प्रदेश सरकारले आग्रह गरेपछि मंगलबार राति बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार