Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • बजेट सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकार

    बजेट सार्वजनिक गर्दै गण्डकी प्रदेश सरकार

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 3K
    SHARES

    पोखरा । गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ । अर्थमन्त्री रामजीप्रसाद बरालले आज दिउँसो ४ बजे प्रदेश सरकारको आय व्यय प्रदेशसभा बैठकमा सार्वजनिक गर्ने कार्यक्रम छ ।

    आगामी आर्थिक वर्षका लागि ३६ देखि ३८ अर्बसम्म आकारको बजेट ल्याउने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिलेको बजेट चुनाव लक्षित हो ।



    चालु आर्थिक वर्षका लागि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले ३० अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । यद्यपि सो बजेट जेठसम्ममा २२ प्रतिशत मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।



    जेठ २४ मा नीति तथा कार्यक्रम ल्याएको सरकारले लोकप्रिय कार्यक्रम समेटेर बजेट ल्याउने भएको हो । सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभा बैठकबाट बहुमतले पारित भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार