Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • उदण्ड राज्यमन्त्री वलीले जब ‘मेरो पोइ खै’भन्दै पिट्न थालिन्…

    उदण्ड राज्यमन्त्री वलीले जब ‘मेरो पोइ खै’भन्दै पिट्न थालिन्…

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 954
    SHARES

    दाङ । बिहानको साढे ८ बजेको थियो । लु१झ ५३७ नम्बरको सरकारी गाडी झन्डा हल्लाउँदै एकराज बस्नेतको घरमा पुग्यो । गाडीबाट झरिन् लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली । स्थानीयले सोचे ‘मन्त्रीज्यू भेटघाटमा आउनु भो ।’

    घरधनी एकराज बस्नेतकी श्रीमती मीना बस्नेतको अगाडि पुगेपछि मन्त्री वलीले अनपेक्षित प्रश्न गरिन्, ‘मेरो पोई खै रु’ मन्त्री वली त्यतिमै रोकिइनन् । उनले मीनालाई मुक्का प्रहार गरिन् । नजिकै रहेकी पाँच वर्षकी छोरी एन्जिलालाई पनि प्रहार गरिन् ।



    राज्यमन्त्री वलीको प्रहारबाट मीनाको टाउको, शरीरका विभिन्न भागमा भित्री चोट छ भने कपडासमेत च्यातिएको छ । छोरी एन्जिलाको ओठ काटिएको छ । एकराजलाई पैसा दिएर कपडा किनिदिएको भन्दै राज्यमन्त्री वलीले ‘मैले किनिदिएको कपडा मै लैजान्छु,’ भन्दै दराज तोडफोड गरिन् ।



    मिनालाई मुक्का प्रहार गरेपछि राज्यमन्त्री वलीले फेरि भनिन्, ‘मेरो एकराज खै छिटो देखा ।’ एकराज १५ दिनदेखि घरमा नभएको परिवारका सदस्यको भनाइ छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार