एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटालीलाई पराजित गरेको छ ।
बोरुसिया पार्कमा मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली जर्मनीले इटालीलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीलाई जित दिलाउन टिमो वेर्नरले दुई गोल गरे। जोसुवा किमिच, इल्के गुण्डोगान र थोमस मुलरले १/१ गोल गरे। इटालीको लागि विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले १/१ गोल फर्काए ।
जितसँगै जर्मनी लिग ए समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ। जर्मनीले ४ खेलमा ६ अंक जोडेको छ।इटाली ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
Leave a Reply