Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • जंगली च्याउको तरकारी खाँदा दुईको मृत्यु, दुई जना गम्भीर

    जंगली च्याउको तरकारी खाँदा दुईको मृत्यु, दुई जना गम्भीर

    अनलाइन नेपाल
  • बुधबार, १ असार २०७९
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ओखलढुंगामा जंगलबाट ल्याएको च्याउ तरकारी पकाएर खाँदा एकै घरका दुई जनाको मृत्यु भएको छ ।

    जिल्लाको चम्पादेवी गाउँपालिका–७ फूलबारीका ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    सँगै खाना खाएका अन्य दुई जनाको अवस्थामा पनि गम्भीर छ । उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ ।



    ढककुमारीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएको हो भने मनमायाको महाराजगञ्जमा रहेको टिचिङ अस्पतालमा मृत्यु भएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार