Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • झापा प्रशासनले सवारी पास दिएपछि  पूर्वराजा शाह  काठमाडौं फर्किए

    झापा प्रशासनले सवारी पास दिएपछि  पूर्वराजा शाह  काठमाडौं फर्किए

    अनलाइन नेपाल
  • शुक्रबार, २ जेष्ठ २०७७
  • 1.9K
    SHARES

    फाइल : तस्विर

    काठमाडौं ।  झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि शुक्रबार  पूर्वराजा ज्ञानेन्द्र शाह  झापाबाट काठमाडौंतर्फ आएका छन् ।

    गृह मन्त्रालयको सहमति लिई बिहीबार साँझ नै पूर्वराजालाई सवारी पास दिएको वताइएको थियो।



    पूर्वराजाका सहयोगीले इमेलमार्फत सवारी पास लिन निवेदन दिएपछि प्रशासन कार्यालयले पास दिएको थियो । तर गृह मन्त्रालयको स्वीकृति नलिई सवारी पास दिन नपाइने भएपछि प्रशासन कार्यालयले उक्त पास रद्ध गरेको थियो ।



    पूर्व राजदम्पत्ति लकडाउन सुरु भएपछि त्यहीँ रोकिएका थिए । लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउन चाहेका हुन् । पूर्वराजा  शाहको काठमाडौं फर्कने सवारी पास रद्द भएको  बिषयमा सामाजिक सन्जालमा सरकार र नेताहरुविरुद्द गालीका बर्षा शुरु भएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार