Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • चितवनको जिसस प्रमुखमा गोलाप्रथाबाट एमालेका अधिकारी विजयी

    चितवनको जिसस प्रमुखमा गोलाप्रथाबाट एमालेका अधिकारी विजयी

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 1K
    SHARES

    चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनको प्रमुखमा नेकपा एमालेका नारायण अधिकारी निर्वाचित भएका छन् ।

    सत्ता गठबन्धन र एमालेबीच भएको निर्वाचनमा बराबर ७/७ मत आएपछि गरिएको गोलाप्रथाबाट एमालेका अधिकारी विजयी भएका हुन् । गठबन्धनबाट जिसस प्रमुखमा पूर्णबहादुर रानाभाट उम्मेदवार रहेका थिए ।



    एमालेले उपप्रमुखमा उम्मेदवारी नदिँदा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार कल्पना काफ्ले सापकोटा उपप्रमुख निर्विरोध निर्वाचित भएकी थिइन् ।



    जिल्लाका सात पालिकामा एमाले एक्लैले मेयर र उपमेयरसहित ७ पदमा जित हात पारेको थियो भने माओवादीले भरतपुर महानगरपालिका, समाजवादीले राप्ती नगरपालिका र कांग्रेसले माडीमा उपमेयर, खैरहनी, रत्ननगरमा मेयर तथा राप्तीमा उपमेयर जितेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार