Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • जिसस कैलालीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

    जिसस कैलालीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 867
    SHARES

    कैलाली । जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । समितिको प्रमुखमा काँग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन् ।

    उनले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए । उपप्रमुखमा माओवादी केन्द्रका खगराज भुसाल १३ मत पाएर विजयी भए। एमालेका राजेन्द्र खनालले १२ मत पाए ।



    कैलालीमा सत्ता गठबन्धनअन्तर्गत काँग्रेस, माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए। उनीहरुको मत १२ थियो। गठबन्धनका उम्मेदवारलाई धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार भएर विजयी भएका गोपाल हमालले पनि साथ दिएका थिए।



    यस्तै जिल्ला समन्वय समितिको सदस्यमा कांग्रेसबाट बिर्खबहादुर बुढा र तेजबहादुर चन्द, नेकपा एकीकृत समाजवादीबाट जानकी चौधरी र लोकेन्द्रबहादुर ताडी, माओवादीबाट दिलु कामी र नागरिक उन्मुक्ति पार्टीबाट सरिता भुल विजयी भएका छन्।

    खुल्लातर्फ एमालेका मानबहादुर साउद र काँग्रेसका तेजबहादुर चन्दको समान १२ मत आएकोमा गोलाप्रथा गर्दा चन्द विजयी भएका हुन्। यस्तै नागरिक उन्मुक्ति पार्टीकी सरिता भुल र माओवादीकी पार्वती बिकको समान मत आएकोमा गोलाप्रथामा सरिता विजयी भएकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार