Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • देव गुरुङ भन्छन् – ओली र श्रेष्ठबीचको भेट स्वाभाविक, आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुनसक्छ

    देव गुरुङ भन्छन् – ओली र श्रेष्ठबीचको भेट स्वाभाविक, आगामी निर्वाचनमा एमालेसँग सहकार्य हुनसक्छ

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग गरेको भेटलाई स्वाभाविकै रूपमा लिइएको बताएका छन् ।

    सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । नेता गुरुङले आउँदो असार १५ गते बस्ने केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गर्ने सङ्केत गरे ।



    सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘पदाधिकारीको विषयमा पार्टीले आवश्यकताअनुसार केन्द्रीय कमिटीको बैठक बसेर उपयुक्त समयमा निर्णय गर्न सक्छ । अब असारको १५ गते केन्द्रीय कमिटीको बैठक बस्ने भनेर भनिएको छ । सम्भवतः त्यो बैठकमा पनि हुन सक्दछ ।’



    यस्तै गुरुङले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार