काठमाडौं । नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ।
आजको प्रतिनिधिसभा बैठकका विशेष समय लिएर बोल्दै एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्री शर्माको राजीनामा माग गरेका हुन् ।
बजेटको पूर्वसन्ध्यामा अर्थमन्त्रीको निर्देशनमा जबरजस्ती भन्सार, कर र राजस्वका दरहरु हेरफेर गरिएको उनको आरोप छ। उनले सेनेटरी प्याड, चाउचाउ, विद्युतीय गाडीलगायमा केही स्वार्थ समूहको लागि भन्सार, कर र राजस्वका दरहरु हेरफेर गरिएको बताए।त्यसो गर्नु राष्ट्रघात भएको उनले बताए।
त्यस विषयमा प्रधानमन्त्रीले स्पष्टिकरण दिनुपर्ने भट्टराईले माग गरे।
Leave a Reply