कैलाली । कैलालीमा जिल्ला समन्वय समिति गठनका लागि मतदान सुरू भएको छ ।
बिहान साढे ७ बजेदेखि मतदान सुरू भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो भोट गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले हालेका छन् ।
जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनमा आबद्ध दलबीच तालमेल भएको छ भने एमाले र नागरिक उन्मुक्ति पार्टीले छुट्टै तालमेल गरेका छन् ।
समितिको प्रमुख पदका लागि नेपाली कांग्रेसका तर्फबाट पदम कलेल र नागरिक उन्मुक्ति पार्टीबाट इन्द्र चौधरीको उमेदवारी छ । जिल्लामा १३ पालिकाका २६ जना मतदाता छन् ।
Leave a Reply