एजेन्सी । भारतमा विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी आइतबार अस्पताल भर्ना भएकी छन् ।
कोरोना संक्रमित गान्धीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या फेरि बढेको पाइएको छ ।
गान्धीको हेल्थ रिपोर्ट १ जुनमा कोरोना पोजिटिभ आएको थियो । उनको स्वास्थ्यमा समस्या देखिएपछि दिल्लीस्थित गंगाराम अस्पतालमा सोनायालाई भर्ना गरिएको हो ।
उनलाई कोरोना संक्रमण देखिएपछि उनकी छोरी प्रियंका गान्धी पनि कोरोना संक्रमित भएकी छन् ।
Leave a Reply