Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • कैलालीको मोहन्यालका अध्यक्ष जिसस निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने

    कैलालीको मोहन्यालका अध्यक्ष जिसस निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    कैलाली । काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय जिल्ला समन्वय समिति (जिसस) को निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् ।

    उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनी सोमबार हुने जिससको निर्वाचन प्रक्रियामा गाउँपालिका अध्यक्षको हैसियतमा अधिकार प्रयोग गर्न नपाउने भएका हुन् ।



    ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा बमोजिम भ्रष्टाचारको आरोपमा मुद्दा चलेकोमा सो मुद्दा किनारा नभएसम्मको अवधिभर सार्वजनिक पद धारण गरेका व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने भएकाले यसरी निलम्बन भएको व्यक्तिले त्यस्तो पदको कुनै पनि अधिकार प्रयोग गर्न मिल्ने नदेखिएको व्यहोरा निर्देशानुसार अनुरोध छ,’ आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पठाएको पत्रमा भनिएको छ।



    नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। भोलि हुने जिल्ला समन्वय समितिको निर्वाचनमा उपाध्यायले मतदान गर्न पाउने छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार