Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • आर्थिक समस्याका बाबजुद कर्मचारीको तलव वृद्धि गरिएको छ ,काममा थप लगनशील हुने विश्वास छ : प्रधानमन्त्री देउवा

    आर्थिक समस्याका बाबजुद कर्मचारीको तलव वृद्धि गरिएको छ ,काममा थप लगनशील हुने विश्वास छ : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रेड युनियनसँग समन्वय गरेर जाने विषयमा वर्तमान सरकार सकारात्मक रहेको बताएका छन् ।

    नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले ट्रेड युनियनले उठाएका विषय क्रमश सम्बोधन गर्दै लाने विश्वास समेत दिलाए ।



    ‘श्रमिकको हक, अधिकार र संरक्षणको सम्बन्धमा ट्रेड युनियन काँग्रेस अझ बढी रचनात्मक ढंगले जाने मेरो विश्वास छ,’ काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले भने । समाजिक सुरक्षा भत्तामा गरेको दायरा विस्तारबाट श्रमिकले बढी लाभ प्राप्त गर्ने देउवाको भनाइ छ । ‘आर्थिक समस्याका बाबजुद पनि राष्ट्रसेवक कर्मचारीको तलव वृद्धि गरिएको छ । यसले कर्मचारीहरु काममा थप लगनशील हुनुहुने भन्ने मेरो विश्वास छ,’ उनले भने ।



    योगदानमा आधारित सामाजिक सुरक्षालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै जाँदा औपचारिक र अनौपचारिक दुबै क्षेत्रबाट अपेक्षाकृत लाभ उठाउन सबै एकजुट भइ कार्य गर्न जरुरी रहेको देउवाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार