काठमाडौं । माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटबीच तालमेल नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बस्नेतले संघीयता र समावेशिता कार्यान्वयनका सन्दर्भमा कार्यक्रमअनुसार बजेट नआएको बताए ।
सशर्त बजेटबारे अर्थमन्त्रालय र विभागीय मन्त्रालयबीच विवाद रहेको कुरा पनि आइरहेको बताए ।
ठूलो परिणामको बजेट प्रदेश र स्थानीय तहमा जानुपर्ने भावी नीति तथा कार्यक्रममा रहेपनि कार्यान्वयन गर्ने क्रममा उदार हुन नसकेको उल्लेख गरे ।
Leave a Reply