काठमाडौं। जी-बब अर्थात् सुदीप भण्डारी विवादमा तानिएका छन् । र्याप गायन आयोजक कम्पनी एएनटीएफले छोरालाई आर्थिक लगायतका विषयमा बन्धक बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उनका बुवाआमाले उजुरी दिएका छन् ।
बुवाआमाको उजुरीपछि आफ्नो मानहानी भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै जी-बबले पनि प्रशासनमा उजुरी दिएका छन् ।प्रहरीले दुवै जनालाई सोमबार छलफलमा बोलाएको छ ।
जी-बबका बुवाआमाले शुक्रबार पत्रकार सम्मेलन गर्दै छोरालाई घर फिर्ता ल्याउनुपर्ने, उसले कमाएको पैसा पाउनुपर्ने र छोराको स्वास्थ्य सुधार्न रिह्याबमा राख्नुपर्ने माग गरेका छन् ।
विवादको केन्द्रमा आर्थिक कारोबार नै देखिएको छ । जी-बबले पनि आफूले आमाबाबुबाट स्वतन्त्रता पाउनुपर्ने माग राखेका छन् ।
Leave a Reply