Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा आज विद्युत् उत्पादन बन्द

    मध्यमर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीमा आज विद्युत् उत्पादन बन्द

    अनलाइन नेपाल
  • आइतबार, २९ जेष्ठ २०७९
  • 1.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी र ३० मेगावाटको न्यादी जलविद्युत् गृहमा विद्युत् उत्पादन बन्द भएको छ ।

    ती विद्युत् गृहमा आज बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत् उत्पादन बन्द भएको हो ।



    गएको वर्ष असार १९ गते आएको पहिरोले ढालेको मध्यमर्स्याङ्दी–मर्स्याङ्दी १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको टावरको ठाउँमा निर्माण गरिएको नयाँ टावरमा तार टाँग्नका लाइन बन्द अर्थात सट डाउन गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।



    प्रसारण लाइन सट डाउन भएपछि विद्युत् गृहबाट विद्युत् उत्पादन बन्द हुनेछ । पहिरोले मध्यमर्स्याङ्दी–मर्स्याङ्दी प्रसारण लाइन अन्तर्गत लमजुङको राइनास नगरपालिका–८, माझीगाउँमा रहेको ९ नम्बर टावर ढालेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार