Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • 'नेपाल ल्यान्डपावर'

    अमेरिकी जनरल फ्लिनले भने – नेपाली सेना विश्वकै एक उत्कृष्ट सेना हो

    अमेरिकी जनरल फ्लिनले भने – नेपाली सेना विश्वकै एक उत्कृष्ट सेना हो

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चारदिने नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले नेपाली सेना विश्वकै एक उत्कृष्ट सेना रहेको उल्लेख गरेका छन् ।

    नेपाल भ्रमणको तेस्रो दिन कान्तिपथस्थित फोहोरा दरबारमा नेपालका सुरक्षाविद् तथा पूर्वसुरक्षाकर्मीहरुसँगको शनिबार आयोजित अन्तरक्रियामा उनले नेपाली सेना एसियाकै पहिलो पुरानो सेना रहेको बताएका हुन् ।



    नेपाली सेनाको क्षमता अभिवृद्धिमा अमेरिकी सेनाले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनले नेपाली सेनासँग भएको कौशलताको प्रशंसा गरे ।



    ‘नेपालीसँग सहकार्य गर्न पाउँदा, ज्ञानको साटसाट गर्न पाउनु हाम्रो लागि राम्रो कुरा हो,’ उनले भने । नेपाली सेनासँग उच्च हिमाली क्षेत्रमा हुने प्राकृतिक प्रशिक्षण सहयोगको कुरा पनि गरे ।

    यस्तै उनले नेपाल ‘ल्यान्डपावर’ भएको टिप्पणी गरेका छन् । जनरल फ्लिनले अमेरिकी सेना र नेपाली सेना बीचको सहकार्य शान्तिका लागि भएको पनि बताए । उनले नेपाली सेनासँग सहकार्य र सहयोग जारी राख्ने प्रतिबद्धता उल्लेख गर्दै संगठनको मुक्तकण्ठले प्रशंसा गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार