Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • संसदको संयुक्त सदनलाई राष्‍ट्रपतिले भोलि सम्बोधन गर्ने

    संसदको संयुक्त सदनलाई राष्‍ट्रपतिले भोलि सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपरान्ह सरकारको नीति तथा कार्यक्रम पेश गर्ने भएकी छिन्।

    कार्यसूची प्रकाशित गर्दै अपरान्ह ४ बजे राष्ट्रपतिले संघीय संसद प्रतिनिधि सभा तथा राष्ट्रय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी गराएका छन्।



    दुई दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको थियो।



    भोली सरकारले नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि १५ जेठमा सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउनेछ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार