Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदमा जानकारी दिन डा.सूर्यप्रसाद पाठकको आग्रह

    प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे संसदमा जानकारी दिन डा.सूर्यप्रसाद पाठकको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 774
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा सदस्य डा.सूर्यप्रसाद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका छन् ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय माग गरि बोल्दै सांसद पाठकले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका नेताले नै आशंका गरिरहेको उल्लेख गर्दै सो भ्रमणको सम्बन्धमा संसदमा जानकारी दिन आग्रह गरेका हुन् ।



    उनले नेपाललाई सैन्य गठबन्धनमा प्रवेश गराइने हो कि भन्ने आशंकाहरु उब्जिएको बताए ।



    उनले राष्ट्रिय स्वाधिनता र नेपालको सार्वभौमसत्तासँग जोडिएको विषय भएकाले प्रधानमन्त्रीले संसदबाट आम जनतालाई जवाफ दिनुपर्ने उनको भनाई छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार