Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो : चौधरी

    २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो : चौधरी

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 891
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले स्थानीय तह निर्वाचनमा आफूमाथि आक्रमण प्रयास भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

    गत वैशाख २७ गते गठबन्धन दलका एक जना उम्मेदवारसहितको समूह आफ्नो घर गएर दुर्व्यवहार गरेको उनको भनाइ छ ।



    प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै लोसपा नेतृ चौधरीले दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरिन् । चुनावमा भोट माग्न किन आएको भन्दै आफूलाई आक्रमणको प्रयास भएको उनले बताइन् ।



    ‘हतियार निकाल, यसलाई आज खत्तमै गर्नुपर्छ, यसको छोरीलाई मार्नैपर्छ भनेर मेरो आमालाई भनिएको बताउँदै उनले यस्तो पीडा आफ्नो परिवारले २७ वर्षदेखि भोग्दै आएको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार