Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • कङ्गोमा हिरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढीको मृत्यु

    कङ्गोमा हिरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढीको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 855
    SHARES

    एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हिरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

    कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा सहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन्।



    उनले मृतकलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए ।



    पीडितहरू सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए। पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार