Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

    सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    बझाङ । बझाङकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

    जिल्लाको छविस पाथिभेरा गाँउपालिका–२ मण्डीकी २४ वर्षिया गंगा ऐडीको हेलिकप्टरमार्फत उद्धार गरीएको हो ।



    अत्यधिक रक्तस्राव भएर पाठेघर नखुम्चेपछि छटपटाइरहेकी उनलाई बिहीबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।



    राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उनलाई नेपाली सेनाको हेलिकप्टरबाट बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जिल्ला अस्पताल सिमखेतका निमित्त कार्यालय प्रमुख डा.मिलन खड्काले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार