महोत्तरी । महोत्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर ६ वर्षीया आँचल सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बालिकाको शव परीक्षणका लागि गएराति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ।
Leave a Reply