Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरण वा दुई चरण गर्ने विषयमा छलफल

    प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरण वा दुई चरण गर्ने विषयमा छलफल

    अनलाइन नेपाल
  • बिहिबार, २६ जेष्ठ २०७९
  • 774
    SHARES

    काठमाडौं । आउँदो असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने निर्णयसँगै निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको आन्तरिक तयारी अघि बढाएको छ ।

    सरकारले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मिति असारको दोस्रो सातातिर तोक्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै आयोग निर्वाचनको आन्तरिक तयारीमा जुटेको हो ।



    आयोगले अहिले मतदाता नामावली संकलनको गृहकार्यसंगै निर्वाचनसम्बन्धी कार्यविधि, नियमावली परिवर्तन गर्ने, मतदानस्थलको विवरण अध्ययन गर्ने कार्य गरिरहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। कानुनतः निर्वाचनको मिति आयोगसंग परामशमा सरकारले तोक्नेछ ।



    ‘सरकारले बोलाएको बखत निर्वाचनको मिति, एकै चरण वा दुई चरणमा निर्वाचन गर्न विषयमा आयुक्तहरूसँग छलफल गरिरहेका छौं,’प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने। नेपाल समाचारपत्र दैनिकबाट

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार