Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • सेनाका सहायक रथी र महासेनानीले प्रधानसेनापतिबाट लगाए फुली

    सेनाका सहायक रथी र महासेनानीले प्रधानसेनापतिबाट लगाए फुली

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 981
    SHARES

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले मन्त्रिपरिषद्बाट उपरथी दर्जामा पदोन्नति भएका तीन सहायक रथीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

    जेठ २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपककुमार बानियाँ, सहायक रथी होमनाथ दवाडी र सहायक रथी यामप्रसाद ढकालले दर्ज्यानी चिह्न पाएका हुन् ।



    प्रधानसेनापति शर्माले बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।



    पदोन्नति भएका उपरथीहरू बानियाँ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, दवाडी निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र ढकाल युद्ध–मद्दती तथा युद्ध–सेवा मद्दती विभागका विभागीय प्रमुखमा नियुक्ति भएका छन् ।

    यस्तै सहायक रथी दर्जामा पदोन्नती भएका दुईजना महासेनानीहरूलाई प्रधानसेनापति शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिह्न समेत प्रदान गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार