काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम आज ल्याउँदै छ । आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउने सरकारको तयारी छ । सोही नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने छ ।
प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सातवटै प्रदेश सरकार नीति तथा कार्यक्रममा जुटेका हुन् ।
Leave a Reply