काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार पार्टीका पाँच विभागमा प्रमुख तोकेका छन् ।
अध्यक्ष लिङ्देनले राजनीतिक विभागको प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङलाई मनोनयन गरेका छन् ।
यस्तै उपाध्यक्ष ध्रुबबहादुर प्रधानलाई प्रशिक्षण विभागमा र महामन्त्री डा. धवल सम्शेर राणालाई पार्टी संगठन विभाग प्रमुखमा मनोनयन गरेका हुन।
यस्तै, महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख र प्रा.डा. रामप्रसाद उप्रेतीलाई स्वास्थ्य विभाग प्रमुखमा मनोनयन गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
Leave a Reply