Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • नास्टको विज्ञ टोलीद्वारा सिसडोलको अध्ययन

    नास्टको विज्ञ टोलीद्वारा सिसडोलको अध्ययन

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 2K
    SHARES

    काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले सिस्डोलको अध्ययन गरेको छ ।

    लिच्चड मिसिएर भएको प्रदुषणको अध्ययन डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा.सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञटिमले गरेको हो । लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरकफरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरिएको हो ।



    सिस्डोलबाट संकलित तिनवटा नमुनाहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखिएको छ । स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा पनि प्रदुषणको मात्रा उच्च देखिएको छ । यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ ।



    विज्ञ टोलीले यो अवस्थालाई सकेसम्म चाँडो नियन्त्रण गर्न जरुरी रहेको बताइएको छ । पानी तथा लिच्चडको पुर्ण रिपोर्ट आगामी केहिदिनमा थाहा हुने र पुर्ण रिपोर्ट प्राप्त भए पछि नास्टको टिमले नै त्यसको निरुपणको विधि पनि सुझाव गर्ने छ । नास्ट लगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा छलफल र अभ्यास गरिनेछ ।

    आज नै अमृता पौडेलको नेतृत्वमा आएको टोलीले सिसडोल डाँडा अवलोकन गरेर सिसडोललाई गन्धरहित बनाउन चाहिने जिवातुको मात्रा र छर्ने बिधि निर्क्यौल गरेको छ । यसका लागि प्रारम्भिक कामहरु तीन दिनभित्र नै सुरु गर्ने गरि तयारी भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार