Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • सीमा विवाद प्रकरण: प्रधानमन्त्रीको प्रस्तावप्रति भीम रावलको आपत्ति

    सीमा विवाद प्रकरण: प्रधानमन्त्रीको प्रस्तावप्रति भीम रावलको आपत्ति

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सीमा विवादकाे प्रकरणमा प्रधानमन्त्री केपी ओलीको प्रस्तावप्रति आपत्ति जनाएका छन्। उनले दार्चुला जिल्लाकाे लिपुलेकमा नेपाली भूमि मिचेर भारतले निर्माण गरेको सडक भाडामा लगाउन सकिने प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिको खण्डन गर्दै आपत्ति जनाएका हुन्।

    नेता रावलले प्रधानमन्त्रीकाे प्रस्तावप्रति समाजिक सञ्जाल मार्फत आपत्ति जनाएका हुन्। नेता रावलले नेपालका अतिक्रमित भूमि प्रमाणसहित भारतसँग वार्ता गर्नुपर्ने सुझाव दिँदै प्रधानमन्त्रीको भनाई वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु नै बुध्दिमानी हुने बताएका छन् ।



    ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरा गर्नुपर्छ,’ रावलले ट्वीट गर्दै लेखेका छन्, ‘अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुध्दिमानी हुन्छ ।’



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार