काठमाडौं । नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका छन् ।
सोमबार बेलुका काठमाडौंमा भएको सम्झौता स्थानीयले अस्वीकार गरेका हुन् ।
काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो।
उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको बताइएको छ ।
सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको थियो।
Leave a Reply