एजेन्सी । डोमिनिकन रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोत साधन मन्त्रीको आफ्नै कार्यालयभित्र गोली हानेर हत्या भएको छ ।
ओलान्डो जोर्ग मिरालाई एक निकट साथीले गोली हानेर हत्या गरेका हुन् । आक्रमण हुँदा ५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए ।
उनीमाथि ६ राउन्ड गोली प्रहार गरिएको थियो । आक्रमणकारी मिगुल क्रुज मन्त्री ओलान्डोका बाल्यकालदेखिकै साथी भएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् ।
आक्रमणकारीलाई जेल चलान गरिएको छ । आक्रमणको कारण खुलेको छैन् ।
Leave a Reply