Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • जातीय विभेदको आरोपमा महिला पक्राउ

    जातीय विभेदको आरोपमा महिला पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ जेष्ठ २०७७
  • 5.9K
    SHARES

    सोलुखुम्बु। जातीय विभेद गरेको आरोपमा सोलुखुम्बुमा १ महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई रहेकी छिन् ।

    सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले बताए ।



    तिङ्लाको भदौरेमा हिँड्दै गरेको अवस्थामा गत शनिबार आफूमाथि जातीय विभेद गरेको भन्दै मीनबहादुरले प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा सङ्गीतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।



    ‘सार्वजनिक बाटोमा मेरो अगाडि हिँड्छस्, तँ दमाई, भनेर ढुङ्गाले हिर्काउँदै लखेटेको’ मीनबहादुरको जाहेरीमा उल्लेख छ । नेपालको संविधान २०७३ को भाग ३ को धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हकबारे प्रष्ट उल्लेख गरिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार