Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नाडालले जिते १४ औं पटक फ्रेन्च ओपनको उपाधि

    नाडालले जिते १४ औं पटक फ्रेन्च ओपनको उपाधि

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 666
    SHARES

    एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतवार भएको फाइनलमा कास्पर रुडलाई हराउँदै नाडालले उपाधि जितेका हुन् ।

    क्ले कोर्टका राजा नाडालले आठौं वरीयताका नर्वेजियन रुडलाई ६-३,६-३ र ६-० को सेटमा पराजित गरे ।



    रुड नाडालका चेला हुन् । २३ वर्षीय रुड २०१८ देखि मालोर्कामा रहेको नाडालको एकेडेमीमा ट्रेनिङ गर्दै आइरहेका छन् ।



    यससँगै पाँचौ वरीयताका नाडालले कीर्तिमानी १४ औं पटक फ्रेन्च ओपन जित्न सफल भएका छन् ।

    नाडाल १४ पटक फ्रेन्च ओपन जित्ने एक्लो खेलाडी हुन् । यस्तै ३६ वर्षीय नाडालको यो कीर्तिमानी २२ औं पटक ग्रान्डस्लाम टेनिसको उपाधि हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार